असोज १३, २०८३ मंगलबार September 29, 2026

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

नयाँ सरकार गठनसँगै प्रदेशका विभिन्न जिल्लामा आएको विपद्का कारण कार्यसम्पादन सम्झौता केही ढिला भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा, १३ असोज : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मन्त्री, सचिव तथा मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यसम्पादन करार समारोहमा उहाँले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै अब बाँकी अवधिमा तदारुकताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

“अब हाम्रो काम गर्ने समय मोटामोटी २०० दिन हो”, उहाँले भन्नुभयो, “विशेषगरी विकास निर्माणसँग सम्बन्धित मन्त्रालयले  ढिलासुस्ती गरे अपेक्षित प्रगति देखाउन सकिँदैन ।”

मुख्यमन्त्री थापाले नयाँ सरकार गठनसँगै प्रदेशका विभिन्न जिल्लामा आएको विपद्का कारण कार्यसम्पादन सम्झौता केही ढिला भएको बताउनुभयो । अब चालु आर्थिक वर्षका कार्यक्रमलाई निर्धारित समय, लागत र गुणस्तरअनुसार सम्पन्न गर्न मन्त्रालयहरूले स्पष्ट कार्यतालिका बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश कार्यक्रमलाई नतिजा सूचकमा आधारित भएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सुशासन ऐन, २०७७ र प्रदेश सुशासन नियमावली, २०७७ अनुसार मुख्यमन्त्रीले मन्त्रीसँग, मन्त्रीले सम्बन्धित मन्त्रालयका सचिवसँग तथा सचिवले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गर्ने व्यवस्था छ । समारोहमा मुख्यमन्त्री थापासँग प्रदेश सरकारका मन्त्री तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गर्नुभएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार