असोज १३, २०८३ मंगलबार September 29, 2026

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबिच भेटवार्ता

नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज १३ गते । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबिच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो।

दुई मन्त्रीहरूले नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो ।

भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो।

भेटमा दुवै मन्त्रीले नेपाल–श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गर्नुभएको थियो। उहाँहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय
२०८३ असोज १३, मंगलबार
प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
२०८३ असोज १३, मंगलबार
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
२०८३ असोज १३, मंगलबार
झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट
२०८३ असोज १३, मंगलबार
एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो
२०८३ असोज १३, मंगलबार
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबिच भेटवार्ता
२०८३ असोज १३, मंगलबार
उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा
२०८३ असोज १३, मंगलबार