असोज ११, २०८३ आइतबार September 27, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षा प्रदान गरिने

पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति सुरक्षित स्थानमा राखिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतरा देखिएकाले उहाँको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षा खतराको विषय उठेपछि उहाँलाई सुरक्षा दिएर राखिएको जानकारी दिनुभयो ।

“उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ, केही सुरक्षा खतराको कुरा आयो । प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ”, खड्काले भन्नुभयो, “उहाँले आफूलाई निवासमा सहज हुने भन्नुभएकाले अब उहाँलाई घरमै सुरक्षा प्रदान गर्छौं ।” सुरक्षा खतरा ठहर भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार