असोज १३, २०८३ मंगलबार September 29, 2026

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

हाल सोना मन्सुली चामल दुई हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल तीन हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर (झापा), १३ असोजः दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुआत गरिएको छ ।

चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो रु पाँच तथा नुनमा प्रतिकिलो रु दुई छुट दिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला उपभोक्तालाई राहत पुग्ने गरी सरकारी संस्थानसँग समन्वय गरेर दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो । “चाडपर्वका बेला उपभोक्तालाई राहत दिन चामल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो ।

जिरा मसिनो चामल रु ८५ र सोना मन्सुली चामल रु ५७ प्रतिकिलोमा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोडस्थित मुख्य शाखा कार्यालयका प्रमुख राजबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयमा हाल सोना मन्सुली चामल दुई हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल तीन हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात छ । माग र आवश्यकताका आधारमा थप खाद्यान्न मगाइने उहाँले बताउनुभयो ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जिल्लाका २५ भन्दा बढी विक्रेतामार्फत नुन तथा चिनी उपलब्ध गराउँदै आएको जनाएको छ । कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार एथेष्ट नुन मौज्दात रहेको छ । प्रजिअ पोखरेलले चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने बताउनुभयो । उहाँले उपभोक्ता हितविपरीतका गतिविधि भेटिए प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड,विराटनगर,राजविराज,लहान,जनकपुर,वीरगञ्ज,हेटौडा, नारायणगढ,त्रिशुली,पोखरा र बाग्लुङमा दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी
२०८३ असोज १३, मंगलबार
बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय
२०८३ असोज १३, मंगलबार
प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
२०८३ असोज १३, मंगलबार
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
२०८३ असोज १३, मंगलबार
झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट
२०८३ असोज १३, मंगलबार
एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो
२०८३ असोज १३, मंगलबार
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबिच भेटवार्ता
२०८३ असोज १३, मंगलबार