असोज १५, २०८३ बिहिबार October 1, 2026

‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे

संसदीय लोकतन्त्र र संस्थागत संरचनालाई बलियो बनाई विधि र कानुनको शासन सञ्चालन गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताउनुभएको छ ।

प्रतिनिसभाको आजको बैठकमा समय लिएर नेता आङ्देम्बेले निर्वाचनबाट झण्डै दुई तिहाइको जनमत प्राप्त हुनु एक विशेष अवसर भए पनि त्यसअनुसार काम हुन नसकेको दाबी गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधनका विषयवस्तु आफैमा ठिक भए पनि भ्रमणमा जानुपूर्व र भ्रमणपछि संसद्लाई त्यसबारे जानकारी नदिएको गुनासो गर्नुभयो ।

“संसद् लोकतन्त्रको अभ्यास र पाठशाला हो । प्रधानमन्त्रीको अनुकूलतामा चल्ने संस्था होइन, प्रतिपक्ष र सत्तापक्षबाटै प्रश्न आउँदा प्रधानमन्त्रीको सदनमा उपस्थिति हुनु आवश्यक हुन्छ । तर प्रधानमन्त्री सदनमा नआएर के काममा व्यस्त हुनुहुन्छ भन्ने संसद्लाई थाहा हुनुपर्छ”, आङ्देम्बेले भन्नुभयो,

उहाँले भन्नुभयो, “हामीले नयाँ पुस्तालाई संसदीय अभ्यास र लोकतन्त्रबारे के सिकाउन खोज्दै छौँ भन्ने कुरा मनन् गर्नुपर्छ । संसद् भनेको मन परेका बेला आउने र नपरेकाबेला नआउने थलो किमार्थ हुन सक्दैन । यो सत्तापक्ष र प्रतिपक्षको साझा थलो हो, यहाँ जनताका समस्या र समाधानका विषयमा प्रश्नोत्तर गरिन्छ । प्रश्नबाट भाग्ने शासन कमजोर सावित हुन्छ ।”

संसदीय लोकतन्त्र र संस्थागत संरचनालाई बलियो बनाई विधि र कानुनको शासन सञ्चालन गर्न आग्रह गर्दै नेता आङ्देम्बेले पूर्व प्रधानन्यायाधीशलाई हिरासतमा लिइएको घटनाका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

उहाँले विपद् व्यवस्थापन, उद्धार, राहत र पुनः निर्माणमा कार्यकुशलता प्रदर्शन नभएको तथा नजिकिएको चाडपर्वका समयमा बजारको महँगी र कालोबजारी नियन्त्रण हुन नसकेको आरोप लगाउँदै राष्ट्रिय दलका शीर्ष नेताहरूको परामर्शका आधारमा सरकारलाई दिइएको सुझावको सुनुवाइ नभएको भनी दुःख व्यक्त गर्नुभयो ।

नेता आङ्देम्बेले २०८२ भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित प्रतिवेदन कार्यान्वयन गर्न, निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न र विदेश नीतिमा राष्ट्रिय हितलाई निरन्तरता कायम राख्न आग्रह गर्नुभयो । उहाँले प्रदेश र स्थानीय सरकारलाई शासनका प्रत्येक कार्यमा साझेदार बनाउनुपर्ने र राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्दामा सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार
सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन
२०८३ असोज १५, बिहिबार
Chief Election Commissioner Submits Annual Report to President Paudel
२०८३ असोज १५, बिहिबार