असोज १५, २०८३ बिहिबार October 1, 2026

एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा

दक्षिण कोरिया ३० स्वर्ण, ३० रजत र ५३ कांस्यसहित ११३ पदकका साथ तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदको समग्र पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले १५४ स्वर्ण, ७१ रजत र ६३ कांस्यसहित कुल २८८ पदकसहित पहिलो स्थान कायम गरेको हो ।

आयोजक जापान ५९ स्वर्ण, ७९ रजत र ७९ कांस्यसहित २१७ पदकका साथ दोस्रो तथा दक्षिण कोरिया ३० स्वर्ण, ३० रजत र ५३ कांस्यसहित ११३ पदकका साथ तेस्रो स्थानमा छन् ।

उज्बेकिस्तान १६ स्वर्ण, २१ रजत र १९ कांस्यसहित ५६ पदकका साथ चौथो, इरान १२ स्वर्ण, १७ रजत र १३ कांस्यसहित ४२ पदकका साथ पाँचौं तथा थाइल्यान्ड १२ स्वर्ण, ११ रजत र १५ कांस्यसहित ३८ पदकका साथ छैटौं स्थानमा छन् ।

बहराइन ११ स्वर्ण, ५ रजत र ५ कांस्यसहित २१ पदकका साथ सातौं, भारत १० स्वर्ण, २२ रजत र ३२ कांस्यसहित ६४ पदकका साथ आठौं तथा काजाकिस्तान ९ स्वर्ण, १९ रजत र ३६ कांस्यसहित ६४ पदकका साथ नवौं स्थानमा छन् । उत्तर कोरिया ७ स्वर्ण, ८ रजत र ९ कांस्यसहित २४ पदकका साथ १०औं स्थानमा छ ।

त्यस्तै मलेसिया ६ स्वर्ण, ५ रजत र १३ कांस्यसहित २४ पदकका साथ ११औं, हङकङ ५ स्वर्ण, १४ रजत र १९ कांस्यसहित ३८ पदकका साथ १२औं तथा इन्डोनेसिया ५ स्वर्ण, ८ रजत र २१ कांस्यसहित ३४ पदकका साथ १३औं स्थानमा छन् भने यूएई ५ स्वर्ण, ४ रजत र ९ पदकका साथ १४औं, कुवेत ४ स्वर्ण, १ रजत र ४ कांस्यसहित ९ पदकका साथ १५औं तथा चाइनिज ताइपेई ३ स्वर्ण, १२ रजत र २७ कांस्यसहित ४२ पदकका साथ १६औं स्थानमा छन् ।

कतार ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित १४ पदकका साथ १७औं, फिलिपिन्स ३ स्वर्ण, ५ रजत र १४ कांस्यसहित २२ पदकका साथ १८औं, सिंगापुर २ स्वर्ण, ६ रजत र ४ कांस्यसहित १२ पदकका साथ १९औं तथा ताजिकिस्तान २ स्वर्ण, ३ रजत र ७ कांस्यसहित १२ पदकका साथ २०औं स्थानमा छन्।

भियतनाम २ स्वर्ण, १ रजत र १९ कांस्यसहित २२ पदकका साथ २१औं, म्यानमार २ स्वर्ण, १ रजत र १ कांस्यसहित ४ पदकका साथ २२औं तथा मकाउ १ स्वर्ण, ४ रजत र १ कांस्यसहित ६ पदकका साथ २३औं स्थानमा रहँदा साउदी अरेबिया १ स्वर्ण, २ रजत र ९ कांस्यसहित १२ पदकका साथ २४औं, किर्गिस्तान १ स्वर्ण, २ रजत र ७ कांस्यसहित १० पदकका साथ २५औं तथा मंगोलिया १ स्वर्ण, १ रजत र ८ कांस्यसहित १० पदकका साथ २६औं स्थानमा छन् ।

जोर्डन १ स्वर्ण, १ रजत र २ कांस्यसहित ४ पदकका साथ २७औं तथा श्रीलंका १ स्वर्ण, १ रजतसहित २ पदकका साथ २८औं स्थानमा छन्। इराक २ रजत र ३ कांस्यसहित ५ पदकका साथ २९औं तथा तुर्कमेनिस्तान २ रजतसहित २ पदकका साथ ३०औं स्थानमा छन् ।

अफगानिस्तान १ रजत र २ कांस्यसहित ३ पदकका साथ ३१औं स्थानमा छ भने लेबनान र ओमान समान १ रजत र १ कांस्यसहित संयुक्त ३२औं स्थानमा छन् ।

पाकिस्तान ६ कांस्यसहित ३४औं, कम्बोडिया ४ कांस्यसहित ३५औं तथा नेपाल २ कांस्यसहित ३६औं स्थानमा रहेको छ । बंगलादेश, ब्रुनाई, लाओस र सिरिया समान १ कांस्यसहित संयुक्त ३७औं स्थानमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार