असोज १७, २०८३ शनिबार October 3, 2026

बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

स्थायी तथा अस्थायी कर्मचारीमध्ये बाढीका कारण मृत्यु तथा बेपत्ता भएका २० जनाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

त्रिशूली (नुवाकोट), १७ असोज : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ । नुवाकोटलाई जन्मथलो बनाइ राष्ट्रसेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहतस्वरूप जनही रु २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको हो ।

समाजका अध्यक्ष उदयबहादुर रानामगरका अनुसार गत भदौ १० गते गएको विनाशकारी भोटेकोसी बाढीका कारण सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत नुवाकोटका २० जना राष्ट्रसेवक कर्मचारी मृत्यु तथा बेपत्ता भएको तथ्याङ्कका आधारमा उनीहरूका परिवारलाई राहत उपलब्ध गराइएको हो ।

“राष्ट्र सेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफैँ बाढीमा परी प्रभावित हुनु दुःखद अवस्था हो”, अध्यक्ष रानामगरले भन्नुभयो, “यस दुःखको घडीमा राष्ट्र सेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोगसहित आगामी दिनमा प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ ।”

समाजका अनुसार नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्रसेवामा कार्यरत स्थायी तथा अस्थायी कर्मचारीमध्ये बाढीका कारण मृत्यु तथा बेपत्ता भएका २० जनाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो । बाढीबाट प्रभावित भएकामध्ये ११ जना व्यक्तिको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

बाँकीलाई पायक पर्ने स्थानमा पुगेर राहत उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिनुभयो । राहत उपलब्ध गराउन समाजमा आबद्ध ८३ जना कर्मचारीबाट रु दुई लाख ९० हजार सङ्कलन गरिएको थियो । उक्त रकममा समाजको कोषबाट रु दुई लाख थप गरेर जुटाएर प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको समाजका सदस्य प्रकाश सिलवालले जानकारी दिनुभयो ।

नुवाकोटलाई जन्मथलो बनाई विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीको साझा संस्थाका रूपमा रहेको राष्ट्र सेवक कर्मचारी समाजले जिल्लाको विकास, समृद्धि र सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । समाजले नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, सरकारी सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार