असोज १७, २०८३ शनिबार October 3, 2026

कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

सातवटा प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म ८ हजार ३ सय संक्रमितको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किन्शासा,१७ असोज (रासस/सिन्ह्वा): लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्ला केही सातायता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ। यद्यपि, संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ ।

कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले शुक्रबार राजधानी किन्शासामा आयोजित पत्रकार सम्मेलनमा इबोला संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट केही सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिनुभयो ।

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार सातवटा प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म ८ हजार ३ सय संक्रमितको पुष्टि भएको छ भने ४ हजार १८ जनाले ज्यान गुमाएका छन् । यसअनुसार संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ । हालसम्म दुई हजार १ सय ६२ जना बिरामी उपचारपछि स्वस्थ भएका छन् ।

प्रकोप सुरु भएयता सातवटा प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा संक्रमण देखिएको थियो। तीमध्ये १२ स्वास्थ्य क्षेत्रमा पछिल्ला ४२ दिनदेखि नयाँ संक्रमित फेला परेका छैनन् ।
स्वास्थ्यमन्त्री काम्बाका अनुसार संक्रमणको अवस्था विभिन्न क्षेत्रमा फरक भए पनि पछिल्लो समय संक्रमित फेला पर्ने स्वास्थ्य क्षेत्रको संख्या क्रमशः घटिरहेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था सीमा विनाका चिकित्सकहरूले आधिकारिक तथ्यांकभन्दा वास्तविक संक्रमित तथा मृतकको संख्या अझ बढी हुन सक्ने जनाएको छ । रोगको निगरानी तथा संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण केही घटना आधिकारिक तथ्यांकमा समेटिन नसकेको हुन सक्ने संस्थाको भनाइ छ ।

मे महिनामा घोषणा गरिएको यो संक्रमण लोकतान्त्रिक गणतन्त्र कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र गम्भीर इबोला प्रकोप बनेको छ । विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप भएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार