असार ९, २०८३ मंगलबार June 23, 2026

आज शुक्रबार, थाहा पाउनुहोस् तपाँइको राशिफल

धनुलाई आज एक्लो निर्णय लिएमा फस्ने जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : दिन सामान्य छ । उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृष : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारसँगको सहकार्यमा गरेको काममा फाइदा हुनेछ । रोगसँग लड्ने क्षमता बढ्ने योग छ ।

मिथुन : शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ । सानो कुराले मन अशान्त बन्नसक्छ । रोग बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह: साना कुराले मन अशान्त बन्नसक्छ । राज्यको तर्फबाट निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । साथीबाट अपमान सहनुपर्ने खतरा देखिन्छ । संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ ।

कन्या : दिन राम्रो छ । धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारसँगको सहकार्यले काम सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : मानसिक तनाव बढ्ने जोखिम छ । थोरै बोल्नु उचित हुनेछ । कतै शुभकार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । विपक्षी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

वृश्चिक : मन शान्त बन्नेछ । विश्वास गरेका साथीले धोका दिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ । परिवारमा मेलमिलापको योग छ ।

धनु : हरेक काममा अवरोध हुनसक्छ । परिवारको साथ लिएर मात्र काम गर्नु उचित हुन्छ । एक्लो निर्णय लिएमा फस्ने जोखिम छ । संकटमा स्वास्थ्यले भने साथ दिएको छ । शिक्षामा ढिलासुस्ती हुनेछ ।

मकर : आम्दानीका दृष्टिले दिन राम्रो छ । व्यापारको लगानीबाट फाइदा हुनेछ । सरकारी नोकरीमा भए बढुवा हुनेछ । विपक्षी साथीभाइले तपाईंको प्रशंसा गर्नेछन् । रोगबाट बच्न आफ्नो ख्याल गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

कुम्भ : दिन राम्रो छ । समयको सदुपयोग गर्नुहोला । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । व्यवहार गर्दा सचेत भएमा हरेक काममा सफलता मिल्नेछ ।

मीन : दिन राम्रो छ । शुभग्रहको बहुमत रहेको छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काम सहजै बन्ने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग, देशव्यापी प्रतिरोध गर्ने निर्णय
२०८३ असार ९, मंगलबार
आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद
२०८३ असार ९, मंगलबार
फिफा विश्वकप : अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन
२०८३ असार ९, मंगलबार
सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छः महन्थ ठाकुर
२०८३ असार ९, मंगलबार
ममतालाई हटाउँदै टीएमसीमा नयाँ नेतृत्व घोषणा, पार्टी विभाजन गहिरिदैं
२०८३ असार ९, मंगलबार
उपेन्द्र यादवसँगको विवादपछि अशोक राईको नयाँ पार्टी घोषणा
२०८३ असार ९, मंगलबार
रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
२०८३ असार ९, मंगलबार