कार्तिक २८, २०८३ शनिबार November 14, 2026

यसवर्षको ईद उल–फित्र भोली शनिबार मनाइने

इस्लामिक पात्रो चन्द्रमासमा आधारित हुने भएकाले चन्द्रमा देखिएको आधारमा नयाँ महिना सुरु हुन्छ भन्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, चैत ६ । नेपालमा यसवर्षको ईद उल–फित्र भोली शनिबार मनाइने भएको छ। मुस्लिम आयोगले बिहीबार साँझ शवाल महिनाको चन्द्रमा नदेखिएको पुष्टि गर्दै चैत ७ गते शनिबारका दिन इद पर्ने औपचारिक जानकारी दिएको हो।

आयोगका कार्यबाहक अध्यक्ष महम्मदीन अलीका अनुसार बिहीबार नेपालमा चन्द्रमा नदेखिएकाले शनिबार इद मनाउने निर्णय गरिएको हो। आयोगले शनिबार नै इद परेकाले सरकारसमक्ष सार्वजनिक विदाको प्रस्ताव नगर्ने जनाएको छ।

यता खाडी राष्ट्रहरूमा भने यस वर्ष इद आज मनाइने भएको छ। साउदी अरबको सर्वोच्च अदालतले बुधबार चन्द्रमा नदेखिएको घोषणा गर्दै ३० दिनको रोजा पूरा भएपछि शुक्रबार बिहान इदको नमाज अदा गरिने जनाएको छ। दुबई, कतार, टर्की, बहराइन र कुवेत लगायतका देशहरूमा पनि शुक्रबार नै इद मनाउने तयारी गरिएको छ।

इस्लामिक पात्रो चन्द्रमासमा आधारित हुने भएकाले चन्द्रमा देखिएको आधारमा नयाँ महिना सुरु हुन्छ। यही कारण विश्वभर इद एकै दिन नपरी एक–दुई दिन फरक पर्ने गरेको हो।

इद उल–फित्र मुस्लिम समुदायको प्रमुख पर्व हो, जुन रमजान महिनाको समाप्तिपछि मनाइन्छ। यस अवधिमा रोजा, प्रार्थना र दानमार्फत आत्मशुद्धि गरिन्छ। इदको दिन बिहान विशेष नमाज अदा गरिन्छ र त्यसअघि ‘जकात–उल–फित्र’ दान गर्ने परम्परा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार