असार ९, २०८३ मंगलबार June 23, 2026

आज शनिबार, शनि भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल

मकरलाई आज अध्ययन अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यापारमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन पाइनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । खानपान तथा मौसमको ख्याल गर्नुहोला । तर पनि विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ तथा समर्थन पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मायालुका साथ दिनभर समय व्यतीत गर्न पाउँदा मन हर्षित हुनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापारमा गरिने लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिए पनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसङ्ग टाँडै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधि विधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ । शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिन्द्विहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग, देशव्यापी प्रतिरोध गर्ने निर्णय
२०८३ असार ९, मंगलबार
आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद
२०८३ असार ९, मंगलबार
फिफा विश्वकप : अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन
२०८३ असार ९, मंगलबार
सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छः महन्थ ठाकुर
२०८३ असार ९, मंगलबार
ममतालाई हटाउँदै टीएमसीमा नयाँ नेतृत्व घोषणा, पार्टी विभाजन गहिरिदैं
२०८३ असार ९, मंगलबार
उपेन्द्र यादवसँगको विवादपछि अशोक राईको नयाँ पार्टी घोषणा
२०८३ असार ९, मंगलबार
रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
२०८३ असार ९, मंगलबार