जेठ ३०, २०८३ शनिबार June 13, 2026

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखको संयुक्त भेटवार्ता

प्रदेश प्रमुखहरूले आफ्नो–आफ्नो प्रदेशका गतिविधि र चुनौतीबारे गराए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रामसहायप्रसाद यादव सँग विभिन्न प्रदेशका प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा कोसी प्रदेश प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा तथा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी भएका थिए।

भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच आपसी शुभकामना आदान–प्रदान भएको थियो। साथै मुलुकको वर्तमान राजनीतिक अवस्था, प्रशासनिक समन्वय तथा संघीय संरचनाअन्तर्गत प्रदेशहरूको भूमिकाबारे पनि छलफल भएको जनाइएको छ।

छलफलमा संघ र प्रदेशबीच सहकार्य, विकासका प्राथमिकता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो। प्रदेश प्रमुखहरूले आफ्नो–आफ्नो प्रदेशका गतिविधि र चुनौतीबारे जानकारी गराएका थिए।

उपराष्ट्रपति यादवले संघीय शासन प्रणालीलाई सुदृढ बनाउन सबै तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समन्वयात्मक ढंगले काम गर्न आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार
रावल आयोगको प्रतिवेदन : एकतिस वर्षपछि कार्यान्वयन
२०८३ जेठ ३०, शनिबार
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
२०८३ जेठ ३०, शनिबार