असार ९, २०८३ मंगलबार June 23, 2026

सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरु

चैते दशैं अन्तर्गत रामनवमीको अघिल्लो दिनदेखि जात्रा प्रारम्भ हुने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरू भएको छ ।

यो जात्रा परम्परागत रूपमा अष्टमीदेखि सुरु भई नवमी र दशमीसम्म तीन दिन विशेष रूपमा मनाइन्छ । चैते दशैं अन्तर्गत रामनवमीको अघिल्लो दिनदेखि जात्रा प्रारम्भ हुने चलन रहेको छ ।

जात्राको क्रममा रथ असन, हनुमानढोका हुँदै लगनसम्म पुर्याइन्छ । लगन क्षेत्रमा सेतो मच्छिन्द्रनाथकी आमाको प्रतीक स्थानमा तीन चक्र परिक्रमा गरेपछि जात्रा सम्पन्न हुने परम्परा छ । त्यसको भोलिपल्ट स्थानीयले देवतालाई पुनः खटमा राखेर बहाल फर्काउने गर्छन् ।

शताब्दीयौँ पुरानो यो जात्रा धार्मिक आस्थासँगै मौलिक सीप, परम्परागत प्रविधि र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा परिचित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग, देशव्यापी प्रतिरोध गर्ने निर्णय
२०८३ असार ९, मंगलबार
आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद
२०८३ असार ९, मंगलबार
फिफा विश्वकप : अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन
२०८३ असार ९, मंगलबार
सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छः महन्थ ठाकुर
२०८३ असार ९, मंगलबार
ममतालाई हटाउँदै टीएमसीमा नयाँ नेतृत्व घोषणा, पार्टी विभाजन गहिरिदैं
२०८३ असार ९, मंगलबार
उपेन्द्र यादवसँगको विवादपछि अशोक राईको नयाँ पार्टी घोषणा
२०८३ असार ९, मंगलबार
रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
२०८३ असार ९, मंगलबार