असार २४, २०८२ मंगलबार July 8, 2025

लेबनानका प्रधानमन्त्रीद्धारा राजिनामाको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लेबनानका प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन् ।

लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् ।

लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजारौं व्यक्ति घाइते भएका थिए । अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो ।

धेरै धार्मिक समूहद्वारा पास भएर सरकार गठन हुने हुँदा लेबनानमा सरकार गठनमा प्रायः महिनौं लाग्छ । यसका लागि विनाशकारी १९७५ देखि १९९० सम्म भएको गृहयुद्धलाई अन्त्य गर्न गरिएका प्रमुख निर्णयहरूमा मुख्य दलहरूबीच सहमति आवश्यक पर्दछ ।

धेरैथरी धार्मिक समुदाय भएको यो राज्यमा सत्ता समीकरणका लागि भएको सहमतिका कारण सरकार गठन प्रक्रिया झन्झटिलो रहेको छ । लेबनानका ठूला शिया समुदायहरू अमल र हेज्बुल्लाको प्रतिनिधित्व गर्ने दुई मुख्य पार्टीहरुले नयाँ लाइनमा अगाडि बढ्ने अदीबको प्रयासहरुलाई सहयोग नगरेपछि सरकार गठन प्रक्रिया सफल हुननसकेको उनको दावी छ ।

दुई दलले अर्थ मन्त्रालयलाई आफ्नो नियन्त्रणमा राख्ने आफ्नो मागलाई नमानेका र खासगरी अमेरिकालगायतका दातृ राष्ट्रको प्रधानमन्त्रीको पकडमा अर्थमन्त्री रहनुपर्ने दवावका कारण सरकार गठन प्रक्रिया अन्ततः असफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया