असार ९, २०८३ मंगलबार June 23, 2026

बिस्केट (बिस्काः) जात्रालाई शान्तिपूर्ण बनाइने

बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, १२ चैतः आठ रात नौ दिन लामो भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्काः) जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला सहमत भएका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको बैठकले प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ । सो बैठकमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, भक्तपुर नगरपालिकालगायतका सरोकारवाला निकाय निर्णयमा सहमत भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबैको साझा ऐतिहासिक बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बिस्का जात्राको हालसम्मको तयारीबारे जानकारी गराउँदै भैरब र भद्रकालीको रथ निर्माण जारी रहेको, रथ तान्ने डोरीलगायत बली दिने बोकासहितको ठेक्का लगाइ सकिएको तथा जात्रा सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

जात्रा यही चैत २७ गते सुरु भई आगामी वैशाख ५ गते सम्पन्न हुने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग, देशव्यापी प्रतिरोध गर्ने निर्णय
२०८३ असार ९, मंगलबार
आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद
२०८३ असार ९, मंगलबार
फिफा विश्वकप : अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन
२०८३ असार ९, मंगलबार
सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छः महन्थ ठाकुर
२०८३ असार ९, मंगलबार
ममतालाई हटाउँदै टीएमसीमा नयाँ नेतृत्व घोषणा, पार्टी विभाजन गहिरिदैं
२०८३ असार ९, मंगलबार
उपेन्द्र यादवसँगको विवादपछि अशोक राईको नयाँ पार्टी घोषणा
२०८३ असार ९, मंगलबार
रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
२०८३ असार ९, मंगलबार