जेठ ३०, २०८३ शनिबार June 13, 2026

जाँचबुझ आयोगको प्रतिवेदन आगामी सरकारले कार्यान्वयन गर्छ: प्रधानमन्त्री कार्की

कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन भन्ने धारणा यस निर्वाचनले गलत सावित गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आगामी सरकारले कार्यान्वयन गर्ने बताएकी छन्। शुक्रबार बिदाइ मन्तव्य दिँदै उनले आयोगले दिएका सिफारिस र सुझावहरू कार्यान्वयनका लागि आवश्यक पहल नयाँ सरकारले गर्ने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले आफू सन्तुष्टि र आशा बोकेर पदबाट बाहिरिन लागेको उल्लेख गर्दै समयमै निर्वाचन सम्पन्न गर्न योगदान पुर्‍याउने निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारी संयन्त्रका सम्पूर्ण अधिकारीप्रति आभार प्रकट गरिन्। उनले कठिन परिस्थितिका बाबजुद पनि सबै निकायले समन्वय र जिम्मेवारीका साथ काम गरेको बताइन्।

उनले हालै सम्पन्न निर्वाचनले नेपाल आफैं आफ्ना समस्या समाधान गर्न सक्षम रहेको सन्देश दिएको उल्लेख गरिन्। साथै, कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन भन्ने धारणा यस निर्वाचनले गलत सावित गरेको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले आगामी सरकारलाई जनअपेक्षा अनुरूप सुशासन, स्थायित्व र विकासतर्फ केन्द्रित हुन सुझाव दिँदै लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार
रावल आयोगको प्रतिवेदन : एकतिस वर्षपछि कार्यान्वयन
२०८३ जेठ ३०, शनिबार
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
२०८३ जेठ ३०, शनिबार