बैसाख १५, २०८३ मंगलबार April 28, 2026

प्रधानमन्त्रीद्वारा अन्तरिम सरकारका १९२ मुख्य उपलब्धि सार्वजनिक (पूर्णपाठ)

नागरिकको विश्वास जित्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ महत्वपूर्ण काम सार्वजनिक गरेकी छन्। बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले करिब साढे ६ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरूको विस्तृत विवरण सार्वजनिक गरेकी हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले राजनीतिक संक्रमणको कठिन अवस्थामा पनि सरकार सफलतापूर्वक अघि बढेको उल्लेख गर्दै प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, आर्थिक स्थायित्व र शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय काम भएको दाबी गरिन्। उनले जनअपेक्षाअनुसार काम गर्न सरकार निरन्तर प्रयासरत रहेको पनि स्पष्ट पारिन्।

जेन जेड आन्दोलनपछि भदौ २७ गते रामचन्द्र पौडेलले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। सोही समयदेखि सरकारले मुलुकलाई राजनीतिक स्थिरता दिने, निष्पक्ष निर्वाचन सम्पन्न गर्ने तथा राज्य संयन्त्रलाई सुदृढ बनाउने लक्ष्यका साथ काम गर्दै आएको प्रधानमन्त्री कार्कीले बताइन्।

उनले सरकारले गरेका १९२ कामलाई केवल संख्या नभई परिणाममुखी उपलब्धिका रूपमा लिन आग्रह गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाइन्। साथै, नागरिकको विश्वास जित्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको पनि उनले जोड दिइन्।

अन्तरिम सरकारले गरेका १९२ महत्वपूर्ण कामको विबरण हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार