मेष – गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, तर पुरानो गतिले काम बिग्रन सक्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । कसैलाई बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । समय प्रतिकुल जस्तो अनुभूति भएपनि धन आर्जनको योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
वृष – प्रयत्न गर्दा समयको सदुपयोग हुने एवम् आश मारेको फल पुनः प्राप्त हुनसक्ने दिन छ । तर, सानातिना काम गरेरै दिन गुज्रनसक्छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम अघि बढाउन परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । बौद्धिक काम सफल हुने देखिन्छ । यात्रापरक काम बन्नेछ ।
मिथुन – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुनसक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, ख्याल राख्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ ।
कर्कट – संघर्ष गरेर अधिकार स्थापित गर्न सकिने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला । सहयोगीहरूले राम्रो साथ दिनाले अनुकुलता वृद्धिको अनुभूति हुनेछ । दायित्व निर्वाहमा नियमकानूनले साथ दिनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
सिंह – केही चुनौतीयुक्त दिन छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । जुझारु स्वभावका कारण चुनौती चिर्दै काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, ख्याल राख्नुहोला । जोखिम बढेपनि साहसिक काममा आकर्षण रहनेछ ।
कन्या – मिश्रित फलदायी समय छ । महत्वपूर्ण कार्यमा अरूको भरपर्दा काम रोकिन सक्छ । योजना कार्यान्वयनका लागि हिम्मत जुटाउनु अपरिहार्य देखिन्छ । समयले नयाँ ज्ञान सिकाउला । आम्दानी बढ्ने र नयाँ सवारी साधन प्राप्तिको योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । कलात्मक काममा सफलता मिल्नेछ ।
तुला – दिन मनोरञ्जनपूर्ण रहला । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । सोख पूर्तिका लागि खर्च केही बढ्न सकिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, जागरुक रहने प्रयत्नले नसोचेको लाभ दिलाउन सक्छ । आफ्ना अभिव्यक्ति एवम् विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आय र आरोग्यबल बढ्ने योग छ ।
वृश्चिक – बुद्धि-विवेकको प्रयोगले रोकिएको काम अघि बढ्नसक्ने समय छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा पनि सुखद लक्षण मिल्ने देखिन्छ । स्वादिष्ट भोजनमा मन रमाउला । आजको दिन मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले व्यवहारमा संयमता अपनाउनुहोला । आरोग्यबलका साथै आत्मविश्वास बढ्नेछ ।
धनु – रोकिएका काम बिस्तारै बन्नेछन् । खेलकुद, भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पहिलेको कुनै सम्झौता–सहमतिले अप्ठ्यारो पार्न सक्छ, ध्यान राख्नुहोला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा मिल्ने देखिन्छ । भेटघाटका कार्यक्रमलाई सकभर टार्नु उचित हुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मकर – आजको दिन सहयोगीहरूले काममा विशेष सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मनमा आध्यात्मिक भाव पैदा होला । अनुकूलता वृद्धि हुनेछ ।
कुम्भ – विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने देखिन्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । साझेदारीको काम बन्नुका साथै जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
मीन – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, कमजोर मानसिकताले पछि परिने सम्भावना छ । आत्मविश्वास जगाउन स्वप्रयत्नको दरकार छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुनसक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आफन्त एवम् मित्रजनको साथले प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया