असार २४, २०८२ मंगलबार July 8, 2025

चीनको कोइला खानीमा दुर्घटना हुँदा १६ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनको दक्षिण पश्चिम स्थित चोङचिङ नगरपालिकाको कोइला खानीमा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्हजारका अनुसार कमजोर औद्योगिक सुरक्षामा कारण उक्त दुर्घटना भएको हो । उक्त दुर्घटना चोङचिङको साङजाओ कोइला खानीमा भएको र जुन स्थानीय ऊर्जा कम्पनीसँग सम्बन्धित भएको स्थानीय अधिकारीले बताएका छन् ।

चीनका कोइला खानीहरु विश्वकै सबभन्दा जोखिमपूर्ण भएको र जसअनुसार खानीभित्रै अत्यधिक मात्रामा कार्बन मोनोक्साइड जम्मा भएकाले मृत्यु भएको स्थानीय अधिकारीहरुले समाचार संस्था सिन्ह्वालाई जानकारि दिएका छन् ।

खानीमा १७ कामदारहरु थुनिएका थिए । जसमध्ये एकजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

उक्त दुर्घटना हुने बित्तिकै ७५ जनाको उद्धार टोली र ३० जनाको मेडिकल टिम घटनास्थल पुगेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया