श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

उपचारसँगै सम्मानजनक जीवनयापनको वातावरण उपलब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी, १६ चैत : मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित आजदेखि उद्धार यात्रा २०८२ सुरु गरेको छ ।

प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय सडक मानवहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले अभियान स्वरुप उद्धार यात्रा सञ्चालन गरिएको आश्रमले जनाएको छ ।

लुम्बिनी प्रदेशमा आजदेखि सुरु भएको उद्धार यात्रा यही चैत ३० गतेसम्म सञ्चालन हुने आश्रमको भनाइ छ । सो यात्रा लुम्बिनी प्रदेशका १२ जिल्ला बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देहीमा सञ्चालन हुने जनाइएको छ । अभियानको पहिलो दिन आज उद्धार टोली बर्दिया जिल्लामा केन्द्रित रहेर सडक मानवहरुको खोजीका क्रममा दुई जनाको उद्धार गरिएको आश्रमका सञ्चारकर्मी भाग्यश्री खड्काले जानकारी दिनुभयो ।

उहाँले उद्धार यात्राका क्रममा सडकमा अलपत्र अवस्थामा जीवन बिताइरहेका बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन बालबालिका, शारीरिक तथा मानसिक रुपमा कमजोर सडक मानवको अवस्था अवलोकन गरी वास्तविक सडकआश्रित मानव पहिचान गरिने बताउनुभयो । उद्धार गरिएका व्यक्तिहरूलाई आश्रमका विभिन्न शाखाको संरक्षणमा राखि उपचारसँगै सम्मानजनक जीवनयापनको वातावरण उपलब्ध गराइने आश्रमले जनाएको छ ।

उद्धार टोलीले स्थानीय तह, प्रहरी प्रशासन, विभिन्न सामाजिक सङ्घसंस्था तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माणका लागि प्रतिबद्धता सङ्कलन गर्नेछ । अभियानमार्फत स्थानीय तहलाई पनि आफ्नो क्षेत्रमा रहेका सडकआश्रित मानवहरूको व्यवस्थापनमा जिम्मेवार बनाउने लक्ष्य राखिएको छ ।

मानवसेवा आश्रमले प्रदेशको जुनसुकै स्थानमा जोखिमपूर्ण अवस्थामा सडकमा जीवन बिताइरहेका मानव देखिएमा नजिकको प्रहरी कार्यालय वा उद्धार टोलीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आश्रमले खुला सडकपेटी एवं सार्वजनिकस्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं सम्भव हुनेहरुको पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
२०८३ श्रावण २९, शुक्रबार
गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो
२०८३ श्रावण २९, शुक्रबार
आज शुक्रबारका लागि कति तोकियो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण २९, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता
२०८३ श्रावण २९, शुक्रबार
किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग
२०८३ श्रावण २८, बिहिबार
लघुवित्त पीडितसँग सरकारको ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
२०८३ श्रावण २८, बिहिबार
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार