श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामसङको नि:शुल्क टिभी एप अब ग्यालेक्सी फोनमा पनि उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अब तपाईंले सामसङको नि:शुल्क टिभी सेवा लिन सामसङ टेलिभिजन किन्नुपर्दैन । सामसङले आफ्नो टिभी प्लस एपको एन्ड्रोइड भर्सन केही ग्यालेक्सी फोनहरुका लागि सार्वजनिक गरेको छ ।

सामसङले ग्यालेक्सी स्टोर र गुगल प्ले दुवैमा आफ्नो एप सार्वजनिक गरेको हो । ठूलो टिभी स्क्रिनमा जस्तै मोबाइल एपमा समेत प्रयोगकर्ताहरुले सयौं घण्टासम्म अन डिमाण्ड टिभी शाे र १३५ च्यानलहरुबाट फिल्म हेर्न सक्छन् । यसमा बालबालिकालाई नौवटा च्यानल छन् ।

च्यानल स्ट्रिमिङ गर्नलाई तपाईंलाई हाई-ईण्ड फोनको आवश्यकता पर्दछ । टिभी प्लस सामसङको ग्यालेक्सी एस टेन, नोट टेन, एस ट्वान्टी र नोट ट्वान्टीमा उपलब्ध छ ।

तपाई सस्तो फोन प्रयोग गर्नुहुन्छ भने टिभीको क्वालिटीलाई तपाईको डिभाइसले सपोर्ट गर्न सक्दैन । सामसङले टिभी प्लस २०१५ मा ल्याएको थियो । महामारीको समयमा मानिसहरु भिडियो स्ट्रिमिङतिर आकर्षित भइरहेको अवस्थामा सामसङले आफ्नो सेवा नि:शुल्क उपलब्ध गराएको हो ।

सामसङको यो सेवा विज्ञापन सपोर्ट सेवा हो । तर कम्पनीले आफ्नो सेवा मोबाइल एपमा मात्र किन सार्वजनिक गरेको हो भन्ने विषयमा केही बताएको छैन । टेकपाना 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया