असार ९, २०८३ मंगलबार June 23, 2026

हनुमान जयन्तीमा गृहमन्त्री गुरुङद्वारा पशुपतिनाथ दर्शन

गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ पुगे सुधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले पशुपतिनाथ मन्दिर मा दर्शन गर्नुभएको छ। आज बिहान उहाँले मन्दिर परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गर्नुभएको हो। साथै, मन्दिर क्षेत्रको समग्र अवस्थाबारे अवलोकनसमेत गर्नुभएको हो ।

गृहमन्त्री नियुक्त भएपछि उहाँ पहिलोपटक पशुपतिनाथ पुगेका हुन्। आज परेको हनुमान जयन्तीको अवसर पारेर गरिएको उक्त दर्शनलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्वका साथ हेरिएको छ।

यस अवसरमा मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको थियो। सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो भने गृहमन्त्रीको उपस्थितिसँगै सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।

दर्शनपश्चात् गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको बताइएको छ। साथै, मन्दिर व्यवस्थापन, सरसफाइ तथा तीर्थयात्रीको सुविधासम्बन्धी विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिनुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया