असोज ६, २०८३ मंगलबार September 22, 2026

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आगामी बिहीबार गजुर राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

बालगोपालेश्वर मन्दिरमा आज सोमबार गजुर प्रतिस्थापन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरका अनुसार ठेकेदार कम्पनीको ढिलाइले अन्तिम समयमा आएर गजुर राख्ने काम रोकिएको हो ।

रानीपोखरीको नजिकै रहेको दरबार हाइस्कुलको एउटा कोठा मागेर बालगोपालेश्वर मन्दिरको गजुरमा जलप लगाउने काम भइरहेको छ । ‘गजुर निकाल्दा र राख्दा गर्नुपर्ने पूजाको विधि छ’ उहाँले भन्नुभयो, ‘विधिअनुसार बिहीबार प्राणप्रतिष्ठा हुनेछ ।’

सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम थालिएको थियो । यसअघि गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेन ।

पुनर्निर्माण भएको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा बनेको छ । बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीमा बनेको थियो । तर १९९० सालको भूकम्पले क्षति गरेपछि गुम्बज शैलीमा बनाइएको थियो ।

२०७२ सालको भूकम्पअघि बालगोपालेश्वर मन्दिर गुम्बज शैलीको थियो । अहिले पुनर्निर्माणका क्रममा विज्ञहरुको राय लिएर मल्लकालीन अर्थात ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार