कार्तिक २८, २०८३ शनिबार November 14, 2026

मिथिलामा आज सतुवाइन पर्व मनाइँदै

पीठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जलेश्वर (महोत्तरी), १ वैशाखः मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ ।

चाडपर्वको धनी मानिएको मिथिला क्षेत्रमा पर्ने महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरीलगायतका प्रत्येक घरघरमा आज एकाबिहानै घरका सबै सदस्यले सबैभन्दा पहिले सातु खाएर सतुवाइन पर्व मनाइरहेका छन् ।

मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।

चना, मकै, जौ, भटमासलगायतका वस्तुहरुलाई भुटेर त्यसलाई फेरि पिँधेर पीठो तयार गरिन्छ भने सोही पीठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन छ ।

सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन सतुवाइन पर्व मनाउने चलन रहेको जलेश्वर नगरपालिका–१ स्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।

आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानु अघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वाद अनुसार नुनसँग पनि खाने चलन छ । सतुवाइन पर्व नेपालमा मात्रै नभएर भारतको मिथिलाञ्चल क्षेत्र मानिएका दरभङ्गा, मधुवनी, सीतामढी, सुपौल र शिवहर जिल्लामा पनि मनाइने गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार