बैसाख ५, २०८३ शनिबार April 18, 2026

मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै

पर्वको दोसो दिन वर्षभरि अनुकूल वर्षाको कामना गर्दै समवयीबीच धुलो माटो र हिलो खेल्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, २ वैशाख : मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट आशीर्वादस्वरुप जलसेचन लिइँदैछ । वैशाख सङ्क्रान्तिसँगै सुरु हुने दुईदिने जुडशीतल पर्वमा शीतलताको प्रतीकस्वरुप मान्यजनबाट शिरमा जलसेचन लिने पुरानो परम्परा हो । यसअघि वैशाख सङ्क्रान्तिका दिन जुडशीतल पर्वको पहिलो दिन मैथिलले ‘सतुवाइन’ विधि मङ्गलबार नै सम्पन्न गरिसकेका छन् ।

पर्वको दोसो दिन आज बढ्दो गर्मीको रापबीच जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइन्छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष सुरु भएको अवसरमा पहिलो दिन ‘सतुवाइन’ विधिबाट सुरु हुने यो पर्वमा दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । पहिलो दिन वैशाख सङ्क्रान्तिमा जाँै, चनाको सातु, चिसो पानीमा बनेको सर्वत खाए, पिएर ‘सतुवाइन’ मनाइन्छ ।

नयाँ वर्र्षले आरोग्य जीवन देओस् भन्ने पर्वको मुख्य सन्देश रहेको पाका मैथिल बताउँछन् । गर्मी मौसमको यस पर्वमा चना, मुँग र कँगनोसहितको सातु पहिलो दिन इष्टदेवलाई चढाएर खाने चलन छ । यसैगरी दोस्रो दिन आज चना र मुँगकै दाल, यिनको पीठोको बेसनमा काँचो केरा, लौका र परवलको तरुवा, सोहिजन (मुन्गा)को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने मैथिल परम्परा छ । यसै परम्पराअनुसार आज घरघरमा पर्वका लागि विभिन्न परिकार बनाइँदै छन् । गर्मीयाममा खाइने परिकारबारे सचेतना बढाउन पूर्वजले यो पर्व परम्परा बसालेका हुनसक्ने मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

सहकालको प्रतीक मानिने यस पर्वको दोसो दिन वर्षभरि अनुकूल वर्षाको कामना गर्दै समवयीबीच धुलो माटो र हिलो खेल्ने चलन पनि छ । यो खेलमा किशोर र युवा देखिन्छन् । यसै दिन आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशीतलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्छन् । यसरी यो पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देस रहेको मानिन्छ । पर्वमा इष्टमित्र र आफन्तबीच सहभोज आयोजना हुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार