असार २४, २०८२ मंगलबार July 8, 2025

रुसले नेपाललाई अढाई करोड डोज कोरोना खोप दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रसियाले नेपाललाई कोरोना भाइरस विरुद्धको साँढे २ करोड ५० लाख डोज खोप दिने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सका अनुसार उक्त खोप नेपाल पठाउन सम्झौता भइसकेको बताईएको छ । रोयटर्सका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो ।

नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेको समेत दाबी गरिएको छ ।

फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्‍ने गरी भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । ‘ट्रिनिटी कम्पनीलाई धन्यवाद! खोपका लागि सम्झौता भइसकेको छ,’ उनको भनाइ छ ।

यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारत-१०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता गरिसकेको छ ।

रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यो खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भनिएको छ ।

यता फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष शशिकान्त चौधरीले यसबारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले यो कम्पनी औषधि उत्पादकभन्दा आयातकर्ता मात्रै हुन सक्ने बताए । साथै उनले ट्रिनिनीका बारेमा एसोसियसनलाई केही खबर नगरेको पनि बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया