काठमाण्डाैंः संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य स्थित जङ्गली क्षेत्रमा लागेको डढेलोका कारण हजारौं बर्गकिलोमिटर जंगल स्वाहा भएको छ ।
यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटरमा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी गराएको छ ।
आगोलागी भएको महिनौ बितिसक्दा पनि नियन्त्रणमा आएको छैन । उक्त क्षेत्रमा ६६ हजारभन्दा बढी नागरिकलाई घर छोडी सुरक्षितस्थलतर्फ जान निर्देशन गरिएको छ।
डढेलोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया