असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १७८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ५८९ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख ४५ हजार २९१ पुगेको वर्डवमिटरले जनाएको छ ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आएका छन् ।

भारत विश्वभरका कोरोना भाइरस संक्रमित देशहरुमध्ये दोश्रो स्थानमा पर्दछ ।

पहिलो सथानमा रहेको अमेरिकामा संत्र,मितको संख्या ७४ लाख छ । अमेरिकामा दैनिक ४० हजार जनामा स.क्रमढण वुष्टि भइरहेकोमा भारतमा भने अमेरिकको दोब्बर अर्था ८० हजार बढिमा कोरोना स.क्रमण दैनिक रुपमा पुष्टि भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया