बैसाख ७, २०८३ सोमबार April 20, 2026

आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

वृषलाइ आज शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) असजिलो परिस्थितिलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गर्नेहरूका लागी आजको समय उत्तम रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । पुँजी बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सामाग्री तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दुरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेम सम्बन्ध सफल रहनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग मार्फत थप ज्ञान आर्जन गर्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ । पारिवारिक वा माङ्गलिक कार्यमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक वा सामाजिक माहोलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यतित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार तथा शेयर बजारको फस्टाएर जानेछ । नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा अग्रजहरूको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो आम्दानी हुनेछ भने दैनिकी सहज रूपमा व्यतित हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले अगाडी बढ्न हौसला मिल्नेछ । नसोचेको धन सम्पत्ति प्राप्त हुने योग रहेको छ । सामाजिक वा पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा शेयर बजारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । वित्तीय बजार तथा व्यापारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । शेयर बजार, अनलाइन व्यापार, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया