कार्तिक २८, २०८३ शनिबार November 14, 2026

पञ्चकोशीमा धार्मिक पर्यटन मेला

वैशाख १३ गतेदेखि १९ गनेसम्म मेला सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, ९ वैशाखः ज्वाला क्षेत्रका नामले परिचित कर्णालीको पवित्रस्थल दैलेख पञ्चकोशीको नाभिस्थानमा धार्मिक पर्यटन मेला लाग्ने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजक समितिका अध्यक्ष नवीन योगीले जगत् जननी सत्यदेवीको नाभी पतन भएको नाभीस्थानमा यही वैशाख १३ गतेदेखि १९ गनेसम्म मेला सञ्चालन हुने जानकारी दिनुभयो ।

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पञ्चकोशी क्षेत्रको महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन, प्राकृतिक, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक पक्षलाई उजागर गर्न, पूर्वाधारको तीव्र विकास गराउन र धार्मिक पर्यटनमार्फत कर्णालीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालनको तयारी थालिएको अध्यक्ष योगीले बताउनुभयो । उहाँका अनुसार धार्मिक मेला सञ्चालन गर्न रु २२ लाख खर्च हुने अनुमान गरिएको छ ।

“पादुका, नाभिस्थान, कोटीला, श्रीस्थान र धुलेश्वरसहितको पाँच शक्तिपीठहरुलाई समेटेर पञ्चकोशीको नाम दिइएको केन्द्र भाग पर्ने नाभीस्थानमा सञ्चालन हुने मेलामा नेपालभरि तथा भारतबाट धर्मप्रति आस्थावान श्रद्धालुजनहरु आउने आशा गरिएको छ”, उहाँले भन्नुभयो, “भारतबाट आउने र नेपालका योगी, सन्तहरुका लागि आवाससहित सबै कुराको प्रबन्ध गरिएको छ ।”

पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरु यस क्षेत्रमा देव कर्म, पितृ कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन् । भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको धार्मिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक महत्वसमेत ओगटेको पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र पनि हो ।

विसं २०७२ को चैतमा नेपाल र चीनबीच भएको द्विपक्षीय सम्झौताअनुसार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजना नेपाल सरकारले स्वीकृत गरी हाल सञ्चालनमा रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार