बैसाख १३, २०८३ आइतबार April 26, 2026

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

मीनलाइ आज सानातिना काममा महत्वपूर्ण समय बित्ने योग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष – बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । कठिन ठानिएको काम सजिलै बन्नाले उत्साह जागृत होला ।

वृष – व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् भने गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । व्यापारमा राम्रै फाइदा हुनुका साथै आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर जुर्ला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन्, साझेदारीको काम बन्नेछ । आजको दिन अनावश्यक भ्रमण हुन सक्छ, त्यसलई टार्नु हितकर होला । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सभा–समारोहमा मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – चुनौती केही बढ्ने तथा ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सानातिना काममा अल्झनुपर्ने अवस्थाका साथै घरेलु समस्या देखापर्न सक्छ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च केही बढ्ने देखिन्छ । प्रतिकुलताका बाबजुद प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

सिंह – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने र पहिलेको सफलताले थप हौसला जगाउने दिन छ । तर विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना रहेकोले विशेष सतर्कताको दरकार पर्नेछ । विगतका समस्या बल्झिन पनि सक्छन् । चिताएको काम समयमै सम्पादन नहुन सक्छ । व्यस्तता वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । कामको चाप पनि कम भएको अनुभूति हुनेछ । आजको दिन नियमित खर्च भने केही बढ्ने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – कामको चाप परेपनि मेहनत गर्दा राम्रैसँग धन आर्जन हुने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । मनमा कता–कता त्रासको अवस्था रहेपनि विभिन्न अवसरले पछ्याउनेछन् । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । साहसिक काममा आकर्षण बढ्ला ।

वृश्चिक – दिगो योजना प्रारम्भ गर्न सकिने दिन भएपनि आजको ज्यादा समय अरूकै काममा बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । चिताएको विशेष काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । तथापि, साझेदारीमा फाइदा हुने र आयआर्जनका स्रोत बढ्ने सम्भावना छ । आरोग्यबल बढ्नेछ भने शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । विशेष प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनु हितकर होला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ भने आरोग्यता रहनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन रुचिका विषयमा लगानी बढाउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । आर्थिक लाभ हुने काममा विशेष केन्द्रित भइएला । तथापि, इष्र्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सावधानी अपनाइ व्यवहार गर्नुहोला । आजको दिन आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने देखिन्छ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनुका साथै परिवारजनको साथले काममा उत्साह जगाउला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन पनि सुखमय बन्नेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुनसक्छ, सजग रहनुहोला । आयबलका साथै सुख सुविधाको वस्तु बढ्नेछन् । विलासितामा मन जानेछ ।

मीन – मिश्रित फलदायी समय छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने देखिन्छ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्ने योग छ । अप्रिय समाचारले दुःखी बनाउला । आफन्त र मित्रजनको साथ मिल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया