असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकी विदेशमन्त्री पोम्पेओ तीन देशको भ्रमणमा जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ तीनओटा देशको भ्रमणमा जाँदै छन् ।

तीन दिने भ्रमणको क्रममा अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नेछन् । पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जाने मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।

टोकियोमा रहँदा अष्ट्रेलिया, भारत र जापानका विदेशमन्त्रीहरूसँग भेट्ने कार्यक्रम छ । अक्टोबर ७ मा मंगोलिया र ७ तथा ८ तारिखमा दक्षिण कोरियामा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तय भएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया