श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

टेलिकमद्वारा दुर्गम क्षेत्रमा भिस्याटमार्फत सेवा प्रवाह

च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसाइँकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा यो सेवा विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ वैशाखः नेपाल टेलिकमले देशका विभिन्न दुर्गम स्थानहरुमा ‘टुजी’ प्रविधिमा आधारित जिएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ ।

टेलिकमले स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी हाल ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसाइँकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा यो सेवा विस्तार गरिएको प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रविधिका सबैभन्दा बढी अर्थात् १४ ‘साइट’ डोल्पा जिल्लामा रहेका छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन् ।

यस्तै हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी गरी पाँच/पाँच स्थानमा साइट रहेको टेलिकमले जनाएको छ ।

यसैगरी मनाङको भीमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ (च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्सेप र मोन्जु, रसुवाको गोसाइँकुण्ड र चन्दनबारी तथा दार्चुलाको तिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट रहेका छन् ।

टेलिकमले सहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसङ्ख्याको कोणबाट निकै कम मानिसहरु रहने दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि भिस्याट प्रविधिको प्रयोग गरेको छ । यस्ता दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकोप्टरबाट उपकरण र सामानहरु ओसारेरसमेत दूरसञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार