बैसाख २३, २०८३ बुधबार May 6, 2026

आज बुधबार, यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

मकरलाई आज खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ । वित्तीय क्षेत्रको लगानी, खाद्यान्न, स्वास्थ्य सामाग्री, पूजा सामाग्री तथा बिलासी बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । आफन्तसँगको भेटले मन प्रफुल्लित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेकोले आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । यात्रा कष्टकर नहोला भन्न सकिन्न । तर पनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । व्यापारबाट मनग्गे आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । शुभचिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति वा वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला सुस्ती, वैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरू सक्रिय रहनेछन् । तर पनि व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । भेटघाट, खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ रमाइलो यात्रामा निस्कन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ । समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इस्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । तर पनि वित्तीय क्षेत्र, कृषि, पशुपालन, खाद्यान्न, स्वास्थ्य सामाग्री, बिलासी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनछ । भेटघाट, खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । तर पनि सवारी साधन यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पहिरन, खाद्यान्न, स्वास्थ्य सामाग्री तथा वित्तीय बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । तपाईँको लवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भेटघाट तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा छोटो दुरीको यात्रा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । तर पनि खाद्यान्न, पहिरन तथा तरल पदार्थको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । आफन्त तथा विशिष्ट व्यक्तिहरूको भेटघाटले मन प्रफुल्लित हुनेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ । खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  राजनीति तथा कल्याणकारी काममा जनताको साथ तथा समर्थन पाइनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुनेछ । धार्मिक यात्राको योग रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक आडमा कब्जा शेरा दरबारको जग्गा फिर्ता ल्याउन मन्त्रालय नै बाधक
२०८३ बैसाख २३, बुधबार
कांग्रेसद्वारा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नयाँ सदस्य मनोनयन (सूचीसहित)
२०८३ बैसाख २३, बुधबार
आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना
२०८३ बैसाख २३, बुधबार
‘रवि जोगाउने’ प्रतिनिधिसभा नियमावलीमा कांग्रेस असन्तुष्ट
२०८३ बैसाख २३, बुधबार
बलवा नगरपालिकामा वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गरिँदै
२०८३ बैसाख २३, बुधबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २३, बुधबार
अनधिकृत लिङ्क नखोल्न आग्रह
२०८३ बैसाख २३, बुधबार