मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म भावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ । नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट हुन सकिनेछ । व्यापार व्यवसाय, वित्तीय क्षेत्रमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खोजीमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक तथा परोपकारी काममा समय व्यातित हुनेछ । सरकारी स्तरबाट हुने कामहरू समयमा सम्पादन हुने हुनाले नयाँ काम गर्न जोस जाँगर आउनेछ । शिक्षा कै सवालमा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । आफन्त तथा घर परिवारका सदस्यहरूका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन तथा खोजमूलक काममा मन जाने योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यवसाय विस्तारकै सवालमा यात्रा हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा सहपाठीहरूलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच विश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । राजनीतिकर्मीका लागी समय अन्य दिन भन्दा मध्यम रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धामा सहभागी हुनु परे पनि प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ । पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सुखद समाचारले आजको दीन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया