काठमाडौँ । नेपालकै सबैभन्दा लामो जात्राका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत आउँदो असार ३ गते बुधबार जुरेको छ ।
ललितपुरको मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा आज बिहान ज्योतिषहरुले मच्छिन्द्रनाथको रथ पश्चिम दिशाको यात्राका लागि साइत हेर्ने क्रममा यस बर्ष मलमास परेको कारण असार ३ गते रथ यात्राको उत्तम साइत भएको निष्कर्ष निकालेका हुन।
गत बैशाख ८ गते पूल्चोकबाट सुरु भएको रथ यात्रा गा:बहाल, सुन्धारा हुँदै लगनखेल पुर्याइएको छ ।
असार ३ गते मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याइन्छ । रथ जावलाखेल पुगेको चौंथो दिन भोटो देखाउने जात्रा पछि यस बर्षको रथयात्रा सम्पन्न हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया