बैसाख २६, २०८३ शनिबार May 9, 2026

सभामुखद्वारा साङ्केतिक भाषा सेवा र इ–हाजिरी प्रणालीको अवलोकन

समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ वैशाख : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सङ्घीय संसद् भवनमा सुरुवात गर्न लागिएको साङ्केतिक भाषा सेवा, इ–हाजिरी प्रणालीलगायतका व्यवस्थाको अवलोकन गर्नुभएको छ ।

उक्त अवसरमा उपसभामुख रुवीकुमारी र सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेकोसमेत उपस्थिति थियो ।

समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गर्न लागिएका यी सेवाहरूले संसद्को कार्यसम्पादनलाई अझ सहज, पहुँचयोग्य र व्यवस्थित बनाउने विश्वास लिइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया