कार्तिक १, २०८३ आइतबार October 18, 2026

सभामुख अर्यालद्वारा मछिन्द्रनाथको भोटो जात्राको शुभकामना

मछिन्द्रनाथको कृपाले सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति, सहकाल, समृद्धि तथा राष्ट्रिय एकता कायम रहोस् भन्ने कामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मछिन्द्रनाथको भोटो जात्राको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख अर्यालले आज एक शुभकामना सन्देश जारी गर्दै नेपालको प्राचीन र गौरवशाली सांस्कृतिक सम्पदाका रूपमा परिचित मछिन्द्रनाथको जात्राले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक एकताको अनुपम सन्देश प्रवाह गर्दै आएको बताउनुभएको छ ।

“शताब्दीयौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यस जात्राले नेपाली समाजको मौलिक पहिचान, सांस्कृतिक विविधता र साझा सभ्यतालाई सुदृढ बनाएको छ,” शुभकामना सन्देशमा भनिएको छ । सभामुख अर्यालले यस अवसरले सबैलाई आफ्नो अमूल्य सांस्कृतिक धरोहरको संरक्षण, संवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले मछिन्द्रनाथको कृपाले सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति, सहकाल, समृद्धि तथा राष्ट्रिय एकता कायम रहोस् भन्ने कामनासमेत गर्नुभएको छ । सभामुख अर्यालले मछिन्द्रनाथको भोटो जात्रा–२०८३ को सफल आयोजनाका लागि सम्बन्धित सम्पूर्ण निकाय, समुदाय तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सबैमा पुनः शुभकामना दिनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु
२०८३ कार्तिक १, आइतबार
स्वर भासिने र बोल्दा आवाज थाक्ने समस्याको उपचार अब भरतपुर अस्पतालमा
२०८३ कार्तिक १, आइतबार
भोटेकोसी र बुढीगण्डकीको विपत्तिपछि कांग्रेसको चियापान कार्यक्रम स्थगित
२०८३ कार्तिक १, आइतबार
करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा
२०८३ कार्तिक १, आइतबार
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
२०८३ कार्तिक १, आइतबार
सुनसरीको सामुदायिक वनमा लुकाइराखेको कटुवा पेस्तोल र गोली बरामद
२०८३ कार्तिक १, आइतबार
नवौं जुम्ली घोडा दौडमा पहिलो पटक महिला सहभागी, धनलक्ष्मी ऐडी बनिन् विजेता
२०८३ कार्तिक १, आइतबार