कार्तिक १, २०८३ आइतबार October 18, 2026

राष्ट्रिय सभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते दिउँसो १ः१५ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले थारु आयोगको २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लाई स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

यसैगरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु
२०८३ कार्तिक १, आइतबार
स्वर भासिने र बोल्दा आवाज थाक्ने समस्याको उपचार अब भरतपुर अस्पतालमा
२०८३ कार्तिक १, आइतबार
भोटेकोसी र बुढीगण्डकीको विपत्तिपछि कांग्रेसको चियापान कार्यक्रम स्थगित
२०८३ कार्तिक १, आइतबार
करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा
२०८३ कार्तिक १, आइतबार
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
२०८३ कार्तिक १, आइतबार
सुनसरीको सामुदायिक वनमा लुकाइराखेको कटुवा पेस्तोल र गोली बरामद
२०८३ कार्तिक १, आइतबार
नवौं जुम्ली घोडा दौडमा पहिलो पटक महिला सहभागी, धनलक्ष्मी ऐडी बनिन् विजेता
२०८३ कार्तिक १, आइतबार