काठमाडौँ । मधेश प्रदेश सभाको सातौँ अधिवेशन औपचारिक रूपमा आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसपछि प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै अधिवेशनको मिति तय गरेको हो।
सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखबाट अधिवेशन आह्वान गरिएको जनाइएको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार अधिवेशन आगामी जेठ १ गते शुक्रबार बिहान ११ बजेबाट सुरु हुनेछ। उक्त जानकारी प्रदेश प्रमुखका सचिव नारायणप्रसाद दाहालले दिएका हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया