काठमाडौंः कोरोना संक्रमित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दा ट्रम्पलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि उनमा लक्षण देखिन थालेको छ । ट्रम्पलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो । उनले दोस्रो कार्यकालको लागि राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । अब उनले केही दिन डाक्टरको सल्लाह अनुसार सावधानी अपनाएर अस्पतालबाट नै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ ।
आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया