असार २४, २०८२ मंगलबार July 8, 2025

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनसँग सीमा विवादबारे छलफल चलिरहँदा भारतले शनिबार नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ। सौर्य मिसाइल नामको क्षेप्यास्त्र भारतले ओडिसाको तटबाट सफल रुपमा परीक्षण गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

यस क्षेप्यास्त्रले ८ सय किलोमिटरको दुरी पार गर्दै मार हान्नसक्छ। नयाँ क्षेप्यास्त्र पहिलेभन्दा हलुंगो र प्रयोग गर्न सजिलो भएको समाचार संस्था एएनआईले जनाएको छ।

लक्ष्यमा पुग्न अगाडि यो क्षेप्यास्त्र सुपरसोनिक स्पिड अर्थात् ध्वनीभन्दा तिव्र गतिमा उड्छ। चीनसँग सीमा विवादबारे छलफल चलेकै समयमा गतहप्ता मात्र भारतले अन्य क्षेप्यास्त्रहरु पनि परीक्षण गरेको थियो।

भारतले माइनस ४० डिग्री सेल्सियसको चिसो तापक्रममा प्रयोग गर्न सकिने ट्यांक हतियार पनि गतहप्ता सार्वजनिक गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया