काठमाडौं । नेपाली सेनाको आयोजनामा प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगिताको उद्घाटन गर्दै बलाधिकृत रथी प्रदिपजंग केसीले खेलकुदको विकास र नेपाली सेनाकोे स्वास्थ्य तथा प्रतियोगितात्मक क्षमता विकासका लागि टेनिस प्रतियोगिता निरन्तर रुपमा संचालन भएको बताए ।
नेपाली सेना र नेपाल टेनिस संघको सहकार्यमा २०७८ सालबाट निरन्तर रुपमा संचालन भईरहेको प्रतियोगिताको यस संस्करणमा १३ इभेन्टमा प्रतिष्पर्धा हुने भएको छ । जेठ १२ सम्म संचालन हुने यस प्रतियोगितामा १३ क्लवका २१८ प्रतियोगिको सहभागिता हुने जनाइएको छ ।
टेनिस प्रतियोगितामा खुलातर्फ पुरुष एकल र युगल, महिला एकल र युगल, तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथिका एकल र युगल प्रतियोगिता हुने नेपाली सेनाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया