असार ३०, २०८३ मंगलबार July 14, 2026

नेपालले मलेसियालाई दुई विकेटले हरायो

मलेसियामाथि नेपालको सङ्घर्षपूर्ण जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा पराजित गरेको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो।

जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन्। उनले ३९ बलमा दुई चौकाको सहयोगमा ३२ रन बनाएकी हुन्। त्यस्तै रुबी पोद्दारले १५ रन बनाउँदा कविता जोशीले छ जोडिन्।

बलिङतर्फ मलेसियाकी नूर कलिसाले तीन विकेट लिइन् भने आइसा एलिसा र एल्सा हन्टरले समान दुई–दुई विकेट लिए।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल बनाएको थियो। मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन्।

त्यस्तै, कप्तान मास एलिसाले आठ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान सात–सात रन बनाए।

नेपालका लागि पूजा महतोले तीन विकेट लिइन् भने रिया शर्मा र मनिषा उपाध्यायले समान दुई–दुई विकेट लिइन्। कविता कुँवर र सीता रानामगरले समान एक–एक विकेट लिए।

एसियन छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग दुई अभ्यास खेल खेल्न लागेको हो। नेपाल र मलेसियाबीचको दोस्रो खेल यही जेठ ८ गते हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार