जेठ ८, २०८३ शुक्रबार May 22, 2026

पोखरामा ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता

उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, जेठ  ८ गते ।  ‘स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान’ मूल नाराका साथ पोखरामा शनिबार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

पोखरा महानगरपालिका–५ वडा कार्यालयको प्रवद्र्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिको आयोजनामा बाराही माविको खेल मैदान सो प्रतियोगिता हुन लागेको हो । ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सक्रिय जीवनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रचारप्रसार समितिका संयोजक वसन्तराज गौतमले जानकारी दिनुुभयो ।

‘ज्येष्ठ नागरिक वाकिङ फुटबल खेल, मैत्रीपूर्ण कार्यक्रम २०८३’ नाम दिइएको उक्त प्रतियोगिताका लागि हालसम्म ७० पुरुषले नाम दर्ता गराइसक्नुुभएको आयोजकले जनाएको छ । उमेर प्रमाणित गर्न नागरिकता वा छिमेकीको सनाखतलाई आधार मानिएको प्रतियोगिताका संयोजक डा सरोज कोइरालाले बताउनुुभयो ।

ज्येष्ठ नागरिकलाई राज्यले दिने सम्मान र उनीहरूको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । नेपालमै पहिलोपटक यस्तो प्रतियोगिताको सुरुआत गरेर एउटा सकारात्मक सन्देश दिन खोजेको संयोजक डा कोइरालाले बताउनुुभयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया