जेठ ९, २०८३ शनिबार May 23, 2026

अन्तर्राष्ट्रिय महिला भलिबल : किर्गिस्तानमाथि नेपालको ३-० को जित

नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । शुक्रवार भएको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

नेपालले आज किर्गिस्तानमाथि पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो । त्यसैगरी, खेलको दोस्रो सेटमा नेपालले २५–२० को नतिजा निकाल्दा तेस्रो तथा अन्तिम सेट २५–१३ को अन्तरमा पाखा लगाउँदै जित हासिल गर्न सफल भयो । यस खेलमा नेपालकी सुमित्रा रेग्मी ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।

यस जितसँगै नेपालले दुई खेलबाट चार अङ्क जोड्दै समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लेको छ । किर्गिस्तानको भने यो पहिलो हार हो । किर्गिस्तानको दुई खेलबाट तीन अङ्क रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल भोलि आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्नेछ । यता किर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै किर्गिस्तान, माल्दिभ्स र भारत छन् ।

त्यसैगरी, समूह ‘बी’ मा श्रीलङ्का, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् ।

प्रतियोगितामा आइतबार तीन खेल हुनेछ  । पहिलो खेल १२ बजे इरान र श्रीलङ्काबिच हुनेछ भने साढे २ बजे हुने दोस्रो खेलमा काजकिस्तान र बङ्गलादेशबिच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, नेपाल र माल्दिभ्सबीचको तेस्रो खेल भने साँझ ५ः०० बजेदेखि सुरु हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
२०८३ जेठ ९, शनिबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण
२०८३ जेठ ९, शनिबार
अन्तर्राष्ट्रिय महिला भलिबल : किर्गिस्तानमाथि नेपालको ३-० को जित
२०८३ जेठ ९, शनिबार
अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ – मुख्यमन्त्री शाह
२०८३ जेठ ९, शनिबार
१५औं महाधिवेशन तयारीमा कांग्रेस : नुवाकोटमा सदस्यता अध्यावधिक अभियान सुरु
२०८३ जेठ ९, शनिबार
जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो
२०८३ जेठ ९, शनिबार
इबोला सङ्क्रमीत मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द
२०८३ जेठ ९, शनिबार