असार ३०, २०८३ मंगलबार July 14, 2026

प्रथम अशोक स्मृति कप ब्रदर्श एफसीले जित्यो

प्रतियोगितामा ब्रदर्शका दिवस तामाङ्ग, उत्कृष्ट गोलकिपर महिन्द्र दल गणका प्रेम खत्री घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धम्बोझी, जेठ १० गते । ब्रदर्श एफसीले प्रथम अशोक स्मृति कप (यु–२०) फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

खजुरा गाउँपालिका–४ इ गाउँमा भएको खेलमा ब्रदर्श एफसीले महिन्द्र दल गण भुपु टिमलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा विवाद उत्पन्न भएका कारण जेठ ३ गते फाइनल हुने तय भएको प्रतियोगिता ढिला गरी सम्पन्न भएको थियो । निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो ।

टाइब्रेकरमा ब्रदर्शका अभियान थापा, सुरज विष्ट, समिर थापा, समिर राना र करण बैगारले गोल गर्नु भएको थियो । महेन्द्र दल गणको तर्फबाट राम बस्नेत, इन्द्रजित सुनार, आशिष घर्तीमगर र विधान विकले गोल गर्नुभयो ।

ब्रदर्शका करण बैगार प्लेयर अफ द फाइनल बने । प्रतियोगितामा ब्रदर्शका दिवस तामाङ्ग, उत्कृष्ट गोलकिपर महिन्द्र दल गणका प्रेम खत्री घोषित हुनुभयो ।

प्रतियोगिताको विजेता ब्रदर्शले ५१ हजार रुपियाँ, उपविजेता महिन्द्र दल गण भुपुले ३१ हजार रुपियाँ, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपियाँ , सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपियाँ, ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीलाई खजुरा गाउँपालिका वडा नम्बर ४ अध्यक्ष टेक बहादुर रोकाय, आयोजक श्री दि फेमस महिन्द्र दल गण भुपु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनार लगायतले पुरस्कृत गर्नु भएको थियो ।

श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह–आयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भएको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

पुर्व फुटबल खेलाडी अशोक विकको स्मृतिमा भएको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीले भाग लिनु भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रुपियाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहनु भएका समाजसेवी तथा खेलप्रेमी लीलबहादुर थापाले प्रायोजन गर्नु भएको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी गराउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार