जेठ १०, २०८३ आइतबार May 24, 2026

काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

सेमिफाइनलमा पुग्न भारतलाई भने ३–२ को सेटको नतिजा पनि पर्याप्त हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ १० गते। नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो।

समूह  ‘ए’ को नेपालको तेस्रो खेलमा यो दोस्रो जित हो। भारतसँग ३–२ को सेटमा प्रतिस्पर्धात्मक हारबाट नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको शुरुवात गरेको थियो।

चार टोली सम्मिलित समूह ‘ए’ को बाँकी दुई खेलको नतिजा आफ्नो बनाउँदै नेपाल सेमिफाइनलमा पुग्न सफल भयो। समूह विजेताको टुङ्गो भने सोमबार हुने लिग चरणको अन्तिम खेलले तय हुनेछ। यस समूहको अन्तिम खेलमा भारत र किर्गिस्तानबीच प्रतिष्पर्धा हुनेछ। भारतलाई सोझो सेटमा हराएमा किर्गिस्तान यस समूहबाट सेमिफाइनलमा पुग्नेछ। सेमिफाइनलमा पुग्न भारतलाई भने ३–२ को सेटको नतिजा पनि पर्याप्त हुनेछ।

तीन खेलबाट नेपाल सात अंकसहित शिर्ष स्थानमा छ। समूहमा दोस्रो स्थानको भारतको पाँच, किर्गिस्तानको तीन अंक छ। माल्दिभ्स अंकविहिन रहँदै समूह चरणबाट बाहिरिएको छ।

यसअघि आज नै भएको खेलमा इरानले श्रीलंकालाई २५–१६, २५–१३ र २५–११ ले हरायो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान सम्झौता घोषणाको तयारी – मार्को रुबियो
२०८३ जेठ १०, आइतबार
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु
२०८३ जेठ १०, आइतबार
प्रतिनिधिसभामा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय
२०८३ जेठ १०, आइतबार
काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
२०८३ जेठ १०, आइतबार
हुम्ला-बाजुरा सीमा तनावपछि गृह मन्त्रालयद्वारा छानबिन टोली गठन
२०८३ जेठ १०, आइतबार
नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
२०८३ जेठ १०, आइतबार
काँग्रेसले बोलायो नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
२०८३ जेठ १०, आइतबार