असार ३०, २०८३ मंगलबार July 14, 2026

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ जेठ : नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ ।

यसै सन्दर्भमा आज जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।

यसैगरी सो प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि सो समारोहमा पुरस्कार वितरण गरिएको थियो ।

यही जेठ ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो । प्रतियोगितामा १२ वटा क्लबका दुई १८ जना खेलाडीले १३ वटा विधाका खेलमा प्रतिस्पर्धा गरेका थिए ।

समापन समारोहमा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुख, रथीवृन्द, नेपाल टेनिस सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, विभिन्न टेनिस क्लबमा आबद्ध पदाधिकारीलगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार