जेठ १९, २०८३ मंगलबार June 2, 2026

बीमा दाबी भुक्तानीमा कडाइ, निजी अस्पतालका सेवामा नयाँ मापदण्ड

निजी अस्पतालमा स्वास्थ्य बीमामा थप कडाइ, आकस्मिक बिरामीलाई मात्र सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै । सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ । अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दाबी भुक्तानी नदिने स्वास्थ्य बिमा बोर्डले सूचित गरेको छ ।

बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दाबी नपुग्ने जनाएको हो । बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बिमा कार्यक्रम अन्तर्गत दाबी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ ।

गएको शनिवारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दाबी भुक्तानीमा पनि कडाइ गरेको हो । बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यकबाहेकका सेवामा स्वास्थ्य बीमाको दाबी भुक्तानीलाई हटाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया